|

हेटौँडा : मकवानपुरको मनहरीबाट प्रहरीले ११३ किलो गाँजासहित कन्टेनर धनीलाई पक्राउ गरेको छ।

प्रदेश १ प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा गएको टोलीले ट्रकमा छवटा बोरामा ३५ प्याकेट बनाई ल्याएको ११३ किलो गाँजा बरामद गरेको हो। प्रहरीले ट्रकधनी एवं चालक चितवन राप्ती नगरपालिका ४ का ४१ वर्षीय विष्णुभक्त श्रेष्ठलाई मनहरीबाट पक्राउ गरेको छ।

चितवनको शक्तिखोरबाट गाँजा लोड गरी बाराको जितपुर जान लागेको ना४ख २९३ नम्बरको ट्रकबाट गाँजा बरामद भएको प्रहरी निरीक्षक थापाले बताए। गाँजाको मुख्य खरिदकर्ता र बिक्री गर्नेको खोजी थालिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.