|

धनगढी : गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका धनगढीको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले साेमबार कैलालीको धनगढीमा रहेका बिभिन्न तीनवटा आयल स्टोरमा ‘सिल‘ गरेको छ। तोकिएको भन्दा कम परिमाणको पेट्रोलियम पदार्थ बिक्री वितरण भएको फेला परेपछि टोलीले ‘सिल‘ गरेको हो। 

धनगढीको हरि आयाल स्टोर,शिवशंकर आयल स्टोर रमल्ल आयल स्टोरले १० लिटरमा ३० देखि५० मिलिलिटर सम्म कम परिणाममा पेट्रोलियम पदार्थ बिक्री गर्ने गरेको भेटाएपछि सिल गरेको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका निरीक्षक रोशन गौचनले बताए। ‘हाम्रो नियमित अनुगमनअन्तर्गत साेमबार पेट्रोल पम्पहरूमा अनुगमन गरिएको हो। जस मध्ये तीनवटा पेट्रोल पम्प कारबाहीमा परेका छन्’ उनले भने। ती आयल स्टोरका संचालकमाथि अधिकतम १ हजारको जरिवाना गरिने गौचनले बताए।  

तोकिएको भन्दा कम परिमाणमा डिजेल र पेट्रोल बिक्री वितरण भइरहेको गुनासो आएपछि बजार अनुगमन टोलीले सोमबार धनगढीका बिभिन्न छवटा आयल स्टोरमा अनुगमन गरेको थियो। ६ वटा मध्ये तीन वटाले तोकिएको भन्दा कम परिमाणको पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएपछि सिल गरिएको हो। 

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिहरू सहभागी थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.