|

हुम्ला : जिल्लाको हिल्सामा अवतरण गर्ने क्रममा भारतीय तीर्थयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय नागरिक नगेन्द्रकुमार कार्तिक मेहता रहेका छन्।

मनाङ एअरको हेलिकाेप्टरबाट तिब्बतसँग जोडिएको हुम्लाको हिल्सा नाकामा रहेका हेलिप्याटमा अवतरण गर्दै गर्दा आफ्नाे सेल्फी फोटो खिच्ने क्रममा हेलिकाेप्टर पछाडिको पंखाले लाग्दा घटनास्थलमै मृत्यु भएको सिमाना प्रहरी चौकीलाई उद्यृत गर्दै सिमकोट विमानस्थल स्राेतले जनाएको छ। 

मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट तिब्त संग जोडिएको हिलसा नाकमा रहेको हेलिप्याटमा  हेलिकप्टरको पंखाले काट्दा भारतीय नागरिक मेहताको मृत्यु  भएको होे। मृत्यक मेहता मुम्बइको एक्प्लोर कैलाश ट्रेक प्राइभेट लिमिटेडबाट मानसरोबर दर्शन गर्न गएका थिए। हिल्सामा हेलिकाेप्टर अवतरण गरिसकेपछि हेलिको अगाडिबाट ओर्लनु पर्नेमा पछाडिबाट ओर्लदाँ पंखाले लागेर मुत्यु भएको हो। मृत्युक मेहताको टाउको र अन्य शरीरको भाग नै क्षतविछेद बनाएको छ। हेलिकाेप्टरको पनि पछाडिको भाग पूर्ण रुपमा क्षति भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.