|

दमक :  प्रदेश- १ का आर्थिक मामिला तथा तथा योजनामन्त्री इन्द्र आङवोले प्रदेशमा काहिँ पनि दोहोरो कर नलिइने बताएका छन्। यदि काहिँ त्यस्तो पाइए ती निकायलाई फिर्ता गर्न लगाइने उनको भनाई छ। 

झापाको दमकस्थित दमक उद्योग बाणिज्य सघंको २७ औं वार्षिक साधारण सभामा उनले करको विषयलाई लिएर गलत प्रचार भइरहेकाले राजनीतिक स्थिरता र स्थिर सरकारबिरुद्ध कुनै एजेण्डा नभेट्नेहरूले यो भ्रम छरेको उनको भनाई छ। उनले प्रदेश-१ मा कुनै पनि शीर्षकमा दोहोरो कर नरहेको समेत दावी गरेका छन्। यस्तै उनले आगामी ३ वर्षभित्र दमक रवि चिसापानी फाल्गुनन्द मार्ग कालोपात्रे भइसक्ने पनि बताए। उनले दमकमा आन्तरिक तथा बाह्य पर्यटनको विकासका लागि

स्थानीय सरकारलाई बिभिन्न योजनाहरु बनाउन आग्रह गर्दै त्यसमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे। कार्यक्रममा दमक उद्योग बाणिज्य सघंका अध्यक्ष राजेन्द्र ढकालले दमक नगरपालिकाले घरबहाल कर संबन्धित घरधनीले नै तिर्नु पर्ने भनेर गरेको निर्णयको स्वागत गरे। कार्यक्रममा पत्रकार टीकाराम उप्रेतीलाई वाणिज्य संघले वर्षेनी प्रदान गर्ने पुरस्कार प्रदान गरिएकाे थियाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.