|

रुकुम : रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी आठबिसकोट नगरपालिका १ का ३८ वर्षीय राजकुमार विकको मृत्यु भएको हो।

दुर्घटनामा सोही नगरपालिका वडा नम्बर २ का चालक बलजित विक गम्भीर घाइते भएको प्रहरीले बताएको छ। घाइते विकको स्थानीय मेडिकलमा उपचार भइरहको जानकारी दिइएको छ।

बाँफिकोट गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमानामा पर्ने स्पार्पू दह नजिकै रा १ त ३१०६ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो। बाँफिकोटबाट चामल लिएर स्यापुतर्फ गईरहेको टयाक्टर दुर्घटनास्थलबाट करिब एक हजार मिटर तल खसेको बताइएको छ।

दुघर्टनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.