|

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को विकासका लागि आफू र संघीय सरकार प्रतिबद्ध भएको बताएका छन्। उनले कृषि, सिँचाइ, धानबाली, उखुबालीलगाायतका किसानहरूलाई मध्यनजर गर्दै सुनकोसी कमला डाइभर्सन, सौर्य ऊर्जा र कृषिमा आधुनिकीकरण गरी प्रदेश २ लाई सवृद्ध गर्नका लागि सरकार प्रतिबद्ध भएका बताएका हुन्।

शनिबार प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत प्रदेश सरकार समक्ष सम्बोधन गरेको बताउँदै भने, ‘यो गौरवपूर्ण इतिहासको भूमि हो। यो ज्ञानको भूमि हो, यो भूमिमा दर्शन, प्रकृति, उत्पति र जगत सञ्चालनको बारेमा बहस र छलफलको तपोभूमि, ज्ञान, गौरव, सम्पदा र संस्कृतिको गाथामा जोडिएको छ। त्यस तपोभूमिको विकास कसैले रोक्न सक्दैन।’ सम्बोधनको क्रममा ओलीले अगडि थपे, ‘जानकीको जनमभूमि आस्था र विश्वास जसले इतिहासको संस्कार र संस्कृतिको उत्पति यही भूमिबाट भएको त्यो ठाउँलाई नमन गर्न चाहन्छु।’

प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश सरकार र मुख्यमन्त्रीलाई विकासको योजना बनाएर ल्याए त्यसको कार्यान्वयन संघीय सरकारले गर्ने प्रतिबद्धता जनाए। उनले आफनो कार्यकालमा सहरी विकास कार्यक्रमअन्तर्गत विराटनगर–जनकपुरधाम चक्रपथ निर्माण, पूर्व–पश्चिम रेल्वे लाइन रहेको बताए। उनले यसै प्रदेशमा पहिलो पटक रेल्वे लाईन विस्तार हुने पनि विश्वास व्यक्त गरे।

उनले जनकपुरधामको मणिमण्डप २५ करोडको लागतमा निर्माण गर्न लागेको बताउँदै यसको विकासले धार्मिक पर्यटनको विकासको सम्भावना बढेर जाने बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधामबाट पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले यहाँको भ्रमण गराइएको स्पष्ट पारे। उनले सुरक्षित जनता आवास कार्यक्रमअन्तर्गत तराईको जिल्लाहरूमा सुरक्षित २० हजार घरहरू निर्माण गर्ने योजनाअनुरूप प्रदेश २ मा मात्र आठ हजार घर निर्माण गर्न लागिएको बताए।

प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालयमार्फत कूल बजेटको ७० प्रतिशत बजेट तराई-मधेशको विकासमा छुट्टयाएको दावी गरे। उनले भने, ‘अबको पाँच वर्षभित्रमा हुलाकी राजमार्ग तयार हुन्छ, यो प्रदेश अति नै भाग्यमानी छ, किनकि यहाँ पानी जहाज, रेलवे, हुलाकी राजमार्ग, पूर्व पश्चिम राजमार्ग विस्तार जस्ता योजना यसै प्रदेशमा रहेको छ। कोसी, गण्डक र कर्णालीबाट पानी जहाज भारतको कलकत्तासम्म सम्भव भएकोले पानी जहाजको पनि यही प्रदेशबाट सुरु हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.