|

काठमाडौं : पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा गएका श्रमिकबाट सात खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। आर्थिक वर्ष २०७३/०७४ मा रोजगारीमा जानेको संख्यासँगै रेमिट्यान्स वृद्धिदरमा समेत कमि आएकोमा यो वर्षमा भने रेमिट्यान्स वृद्धिदर पनि बढेको हो।

एक वर्षमा ६० अर्ब रुपैयाँले रेमिट्यान्स बढेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा ८.६ प्रतिशतको वृद्धिदर कायम भई सात खर्ब ५५ अर्ब रुपैयाँको रेमिट्यान्स आएको छ। अघिल्लो आर्थिक वर्षमा छ खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स आएकोमा एक वर्षमा ६० अर्ब रुपैयाँले रेमिट्यान्स बढेको छ।

कुल गार्हस्थ उत्पादनमा भने विप्रेषणको अनुपात घटेको छ। अघिल्लो वर्ष २६.३ प्रतिशत रेमिट्यान्सको अनुपात रहेकोमा २०७४/०७५ मा घटेर २५.१ प्रतिशतमा झरेको छ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने प्रत्येक वर्ष घटेको छ। आर्थिक वर्ष २०७४/०७५ मा अघिल्लो वर्षको तुलनामा १०.१ प्रतिशतले घटेको छ। मलेसिया, संयुक्त अरब इमिरेट्स, कुवेतलगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ भने साउदी अरेविया, कतारलगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ।

एक वर्षको अवधिमा विदेशमा रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको तुलनामा ४० हजारले घटेको छ

एक वर्षको अवधिमा तीन लाख ५८ हजार ८१५ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति पाएका छन्। २०७२/०७३ मा चार लाख १८ जनाले स्वीकृति पाएका थिए भने २०७३/०७४ मा तीन लाख ९८ हजार जनाले स्वीकृति पाएका थिए।

एक वर्षको अवधिमा विदेशमा रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको तुलनामा ४० हजारले घटेको छ। यो वर्ष सबैभन्दा बढी मलेसियामा एक लाख चार हजार र कतारमा एक लाख तीन हजार जना गएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.