'बेवकुफ बनाउने सिएमसीको गलामा समायौँ'

|
फाइल फोटो

काठमाडौं : मन्त्री भएलगत्तै मेलम्ची पुगेर सुरुङमार्गको 'ब्रेक थ्रु' भएको घोषणा गरेकी खानेपानी मन्त्री बिना मगर अहिले इटालियन कम्पनी सिएमसीसँग निकै आक्रोशित छिन्। सुरुङको काम सबै सकियो भनेर भाषण गर्न लगाएको सिएमसीले न त सुरुङ खनिसकेको थियो न त त्यसपछि मेलम्चीको काम सोही रफ्तारमा  अघि बढायो।

सिएमसीको जालमा आफू मात्रै नभई यसअघिका सबै मन्त्री पनि पर्ने गरेको उनको स्पोष्टोक्ति छ। 'मेलम्चीको सबै टिम राखेर लिखित गर्ने, अनि हामी सबैलाई बेवकुफ बनाउने काम भइरहेको छ' सोमबारको विकास समिति बैठकमा मन्त्री मगरले गुनासो गरिन्।

करिब एक महिना रफ्तारका साथ काम गरेको देखाएर सुरुङमार्ग ब्रेक थ्रु कार्यक्रममा गएकी मन्त्री त्यतिबेला मात्रै सिएमसीले जालमा पारेको पत्तो पाइन् जब उसले काम रोकरे विगतदेखिका भेरियसनका काम लिएर मन्त्रालयमा आयो।

मन्त्री भन्छिन्
मेलम्चीमा थुप्रै नेतृत्व आउनुभयो। यो भन्दाअघि स्थायी सरकार नहुनु पनि समस्या  होला। एउटा नेतृत्व आएपछि सबैभन्दा पहिले मेलम्ची पुगेको हुन्छ। त्यो परिपाटी जस्तै बनेको छ। खानेपानी मन्त्रीको परिपाटी मेलम्ची जाने कम्पनीको योजना अनुसार यति समयमा काठमाडौं मेलम्ची आउछ भन्ने भएको छ। तर,  त्यसपछि ठेकेदार कम्पनी काठमाडौं आउने थुप्रै भेरियसनका विषयहरू अघि बढाउन खोज्ने र मन्त्रीलाई ट्रयापमा पार्ने भएको छ।
३० चैत २०७४ मा मेलम्ची आयोजना अन्तर्गतको सुरुङको ब्रेक थ्रु गर्ने क्रममा उपराष्ट्रपति, सभामुख र मन्त्री मगर सहितको टोली
 निकास खोज्दा खोज्दै मन्त्रीहरूको समयावधि सकिने गरेको देखिन्छ। निरन्तरतरको निम्ति मेलम्ची पुग्नै पर्‍यो अनुगमन पनि गर्नुपर्‍यो किनकि यो राष्ट्रिय गौरवको आयोजना हो।  हरेक मन्त्रीहरू अनिवार्य रूपमा एकपटक पुग्ने गर्नुभएको रहेछ। म पनि गएकी छु।  मैले अनुगमन गर्दा सिएमसीले नेपाल सरकारलाई गलत ढंगले बुझेको देखिएको छ।

'मन्त्रीलाई बेवकुफ बनाउने सिएमसीको गलामा समायौँ'

मन्त्री मगरले सिएमसीको गलामा समाएर काममा अघि बढेको दाबी गरेकी छन्। उनले आफूलाई पनि छल्न खोजेपछि मेलम्चीबाट हात निकाल्नुपर्ने स्थितिसम्म पुर्‍याएको दाबी गरेकी हुन्।  

सिएमसीले मनपरी गर्न थालेपछि सिएमसी कम्पनीलाई च्यालेन्जिङ गर्ने अवस्था रह्‍यो

'सिएमसीले मनपरी गर्न थालेपछि सिएमसी कम्पनीलाई च्यालेन्जिङ गर्ने अवस्था रह्‍यो' मन्त्री मगरले भनिन् कम्पनीले हिजोकै सिस्टम लागू गर्न खोजेपछि गला समाएका छौँ निकै घम्साघम्सी भएर मेलम्चीको जिम्मेवारीबाट झिक्नुपर्ने अवस्थासमेत सिर्जना भएको थियो।'

उनले अहिले सिएमसीको हेडक्वाटर इटालीबाट प्रतिनिधि झिकाएर नेपालमा नयाँ सहमति गरिएको बताउँदै आगामी दसैँसम्म मेलम्चीको पानी आउने बताइन्। 'जहाँ बढी समस्या पर्छ त्यहाँ जाने छुट्टै टिम सिएमसीसँग रहेछ हामीले अहिले त्यो टिम बोलाएर काम गरेका छौँ, रफ्तारमा काम भएको छ' मन्त्री मगरले भनिन्।

उनले दिनप्रतिदिन कामको विषयमा जानकारी लिन आफ्नो सचिवालयको टिम मेलम्चीमा रहेको समेत बताएकी छन्। त्यस्तै कति मेसिन तथा निर्माण सामग्री प्रयोग भएको छ प्रयोग नहुँदा किन भएन भनेर मन्त्रालयले नै समाधान गर्ने गरेको मन्त्री मगरको दाबी छ।

मन्त्रालयका अनुसार ३१ अर्को मेलम्ची खानेपानी आयोजनामा अहिलेसम्म २५ अर्ब रुपैयाँ खर्च भएको छ।

साथै सरकारले मेलम्चीसँग जोडिएको याङग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानि थपिने गरी आयोजना विस्ताकरो काम भएको बताएकी छन्। यी दुई खोलाको पानीसमेत थपिँदा ५१ करोड लिटर पानी आउनेछ भने मेलम्ची सफा गर्दा वैकल्पिक पानीको लागि भक्तपुरको महादेव खोलाबाट पानी ल्याउने गरी छलफल सुरु भएको समेत मन्त्री मगरले बताएकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.