|

कञ्चनपुर ः कञ्चनपुरको बेलौरी नगरपालिका-४ का सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका भागिराम चौधरीका दाजुबाट द्वन्द्वका क्रममा सम्पति लुटेको आरोपमा रकम तिराइएको छ। सम्पति लुटेको आरोप लगाउदै दीपक चौधरीबाट एक लाख ४० हजार रुपैयाँ रकम तिर्न लगाइएको छ।

अझै ६० हजार तिर्नका लागि तोकता दिदै गरेका छन् न्यायका लागि द्वन्द्व पीडित समाज नेपालका अध्यक्ष धर्म चौधरीले भने, ‘द्वन्द्वमा सम्पति लुटेको सम्पति भन्दै जवरजस्ती तिर्न लगाइएको छ। द्वन्द्वमा भाइ बेपत्ता भएका छन्।'  धेरथोर रहेको जग्गा पनि बेचेर रकम तिर्नु परेको छ। बेपत्ताको पत्तो लागेको त छैन। न्याय पनि पाइएको छैन।’ द्वन्द्वमा सहभागी भएकै आरोपमा अझै पनि समाजमा अपहेलना, तिरस्कारको समाना गर्नु परेको छ।

संशाेधन विधेयकमा व्यक्ति बेपत्ता पार्ने कानुनको ठाउमा संक्रमणकालीन कानुन जसले व्यक्ति बेपत्तमा पारिएका थिएनन् भन्नु बुझिन्छ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘विधेयकमै व्यक्ति बेपत्ताको कानुन भनेर लेखिनुपर्छ।' परिपुरणको परिभाषा स्पष्ट पारिनु पर्दछ। अभियोजनको प्रक्रियालाई सामाजिक सेवा भनिएको छ। र खुला कारागार भनिएको छ। यो नै नबुझ्दा अन्याेलामा रहेका छौं।’  

शुक्लाफाटा नगरपालिका-३ पिपलाडीका १३ बर्षीय सुन्दर डगौरासहित तीनजना बालकलाई तत्कालीन् संयुक्त सुरक्षा फौजले विहानीको झिसमिसेमै विद्रोहीको आरोपमा घरबाट लगेर बेपत्ता पारेको डेढ दशक वित्नै लाग्दा बेपत्ता भएका बालबालिकाका अभिभावक अझै बालबालिका घर फर्किने आशामा छन्। सुन्दरकी आमा सितापतीदेवी डगौरा छोरा अझै घर फर्किने बताउछिन्।

'आँगनमै आएर आमा भनेर बोलाए झैं लाग्छ' उनले भनिन्, ‘सपनामा समेत बोलेको खेलेको, विद्यालय जाँदैगरेको र घरको काम गरेको देख्छु। झसंग भएर निन्द्रा खुल्दा नदेखेपछि आँखाबाट आँसु मात्रै झर्छन्।’निर्दोष छोराले केनै गरेको थियाे। उसको के दोष थियो। घरको कोठामा छिकेकी केटाहरूसँग सुतेका बेला विद्रोहीको आरोप लगाएर बेपत्ता पारिएको छ।' उनले भनिन्, ‘छोराको हत्या गरिएको हो भने प्रमाणसहित जानकारी दिनुपर्‍यो। हाेइन भने बेपत्ता छोराको खोजी गरी अभिभावक जिम्मा लगाइनु पर्‍याे।’

लोकतान्त्रिक गणतन्त्र आए पनि अझै न्याय पाउन सकेका छैनौं। बेपत्ता प्रकाशका दाजु राजु चौधरीले भने, ‘नयाँ सरकार गठन भएपछि निकै आशावादी छौं। बेपत्ताको खोजीका लागि केही कार्य अगाडि बढ्ने छन्।’ 'निर्दोष बालबालिकालाई बेपत्ता बनाउने तत्कालीन सुरक्षा फौजमा संलग्नहरूलाई समेत कारवाही गरिनु पर्दछ। त्यसपछि मात्रै न्याय पाउन सक्छौं' मधुका बृद्ध बाजे कल्छु डगौराले भने, ‘निर्दोषलाई विद्रोहीको आरोपमा लगेर बेपत्ता गरिएको छ। छानविन गरी दोषीमाथि कारवाहीको माग गर्दै आएका छौं। अझै गर्छौ।’

गणतन्त्र ल्याउनका लागि योगदान दिएको चर्चा गर्दै उनले भने, ‘गणतान्त्रिक सरकारले द्वन्द्वकालका दोषीमाथि कारवाही गरी पीडित परिवारलाई न्याय दिनेमा निकै आशावादी छौं।’ द्वन्द्वका क्रममा बेपत्ता पारिएका, घाइते बनाइएका र शहीद बनाइएका परिवारको जीवनस्तरमा सुधार ल्याउनका लागि रोजगारी, सीपमूलक कार्यमा संलग्न गराइनु पर्ने आशिष डगौराले बताए।

गणतन्त्र ल्याउनका लागि जनयुद्धमा सहभागीभै एक वर्ष यातना खेप्दै कारागारमा बसेर मुक्त भएका बसन्त चौधरी दुई पार्टीको विलयपछि जनयुद्धका शहीद, घाइते र बेपत्ता परिवारको अधिकार सुनिश्चित हुनेमा आशंका व्यक्त गर्छन्। गणतन्त्र ल्याउनमा जनयुद्धको निकै ठूलो योगदान थियो उनले भने,‘जनयुद्ध नभएको भए गणतन्त्र सहजै आउँदैनथ्यो।’ जनयुद्धमा शहादत प्राप्त गरेकाहरूको अस्तित्व स्वीकार्य हुने वा नहुने भन्नेमा अन्याेलतामा रहेको उनले बताए। 

'शहीदले देखेका सपना आंशिक रुपमा मात्रै पूरा भएका छन्। जनयुद्धका मुद्दा ज्युँका त्युँ अझै थातिरहेका छन्। सर्वहाराको मुक्ति, शोषित पीडितका अधिकार सुनिश्चित गरिनु पर्ने, गरिवको राज्य, समानता, सीमा अतिक्रमण रोक्ने जस्ता जनताका जीविकासँग सम्बन्धित मुद्दाहरू लिएर जनयुद्धमा सहभागी भएका थियौं।ती मुद्दा हालसम्म जीवितै रहेका छन्'  उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र आएपछि एक घर एक रोजगारी हुन्छ भन्थे। खै अझै विदेशमा मजदुरीका लागि जानेहरूले ज्यान गुमाउनु परेको छ। भारतीयले सीमा अतिक्रमण बढाएका छन्।’

‘नेतृत्व इमान्दार हुनुपर्छ, भाषणबाजी कम गरी देशलाई साच्चिकै भ्रष्टाचारमुक्त गरी स्वीजरल्याण्ड बनाउने हो भने जनताको भावना बुझेर जनताकै माँझमा आएर योजना बनाइनुपर्छ’ उनले भने। जनयुद्धका क्रममा २१ वर्षीय भाइ गुमाएका र आफू समेत जनयुद्धमा सहभागी भइ राजनीतिक कमिसार भइ कार्य गरेका दान सिंह चौधरी राष्ट्रिय स्वाधिनताको मुद्दा पहिले जस्तै रहेको बताउछन्।

पहिले नेताहरू राजाको चाकडी गर्थे उनले भने ‘अहिले कार्यकर्ताले नेताको चाकडी गर्नुपर्दछ। योग्यता र क्षमताका आधारमा कार्यको विभाजन गरी देशलाई अगाडि बढाउने कार्य नगरिँदासम्म लोकतान्त्रिक गणतन्त्र आएको सार्थकता छैन।’

कञ्चनपुरमा मात्रै द्वन्द्वका क्रममा २४६ जना शहीद भएका थिए भने ९९ जना वेपत्ता रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.