|

काठमाडौं : उद्याेग वाणिज्य तथा अापूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा व्यापारीले नेता तथा मन्त्रीलाई व्यापारीहरुले `नचाउन´ सक्ने गरेकाे बताएका छन्। उनले सरकारसँग व्यापारी वा उद्याेगी त्रसाउनेभन्दा व्यापारीहरूले नै मन्त्री तर्साउने गरेकाे संकेत गरेका हुन्।

मन्त्री यादवले भने, `मन्त्रीले अनुगमन गरेर त्रर्सायाे भन्छन् कहाँ त्रर्सन्छन् व्यापारी? उसले त नेतालाई फनफन्ती नचाउछ राष्ट्रिय अन्तर्रास्ट्रिय सम्बन्ध भएका हुन्छन्´ साेमबार नेपाल अार्थिक पत्रकार समाज सेजनले गरेकाे वैदेशिक लगानीकाे ढाँचाका सम्बन्धमा गरिएका कार्यक्रममा मन्त्री यादवले यस्ताे बताएका हुन्।
उनले राम्राे काम गर्ने मान्छेले कानुनसँग डराउनु नपर्ने र अनुगमन गर्‍यो भनेर डराउन नपर्ने बताएका छन्।

उद्याेगीभन्दा बढी व्यापारी भएका कारण उद्याेगीकाे साइनबाेर्ड राखेर व्यापारीले वैदेशिक लगानीमा निरुत्‍साहित गरेकाे अाराेप लगाए। व्यापार गर्न पल्किएकाहरूले वैदेशिक लगानी ल्याउने वातावरण बिगारिदिएकाे अाराेप मन्त्री यादवले बताए। विदेशीलाई भड्काउने गरी काम नगर्न अाग्रह गरे। कुनै समय कम्युनिष्टहरुले वैदेशिक लगानी अायाे भने देश बेचिन्छ भन्ने मानसिकता राखे पनि खासमा यस्ताे नहुने बताए।

उनले अहिले वैदेशिक लगानीकाे अावश्यकता रहेकाे बताए। वैदेशिक लगानीकाे लहड कुन कुन विषयमा छ भनेर पत्ता लगाउनका लागि समिति बनाएर अघि बढेकाे बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.