|

काठमाडौं : कात्तिक ३ गते बुधबार संसद बैठक चल्दै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने विषयमा परामर्श गरे।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली महाभियोग प्रक्रिया अघि बढाउन हस्ताक्षर गर्न सहमत भए। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएकाले त्यस विषयमा छलफल गरेर निर्णय दिने बताए।

तर कांग्रेस सांसदको हस्ताक्षर नपर्खी बुधबार साँझ नै माओवादी र एमाले सांसदका १ सय ५७ जनाले हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसदमा दर्ता गरियो।आफ्नो हस्ताक्षर महाभियोगको लागि हो भन्ने कुरा सांसदहरुलाई जानकारी समेत थिएन। आखिर सांसदहरुलाई जानकारी नदिई हस्ताक्षर किन  गरियो त? महाभियोग प्रस्तावका प्रस्तावक महेन्द्रबहादुर शाही भन्छन्-'सबैलाई थाहा दिएको भए महाभियोग प्रस्ताव दर्ता हुने नै थिएन।'

महाभियोग प्रस्ताव दर्ता गराउन एक चौथाई सांसदको हस्ताक्षर चाहिने नियम अनुसार एमालेका १ सय १७ जना सांसद र माओवादी केन्द्रका ४० जना सांसदले हस्ताक्षर गरेर संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए। तर प्रस्तावमा महाभियोग प्रस्तावका डिजाइनर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको नै हस्ताक्षर छैन।  

एमाले प्रमुख सचेतक तथा महाभियोग प्रस्तावका समर्थक भानुभक्त ढकालले एमाले अध्यक्ष ओलीले पहिले हस्ताक्षर गरेको भएपनि पछि हटाइएको बताए। 'सुरुमा संकलन गर्दा उहाँको हस्ताक्षर थियो, पछि उहाँको नाम किन राख्ने भनेर हटाउने सहमति गरियो, दर्ता गर्ने समयमा मात्र हटाइएको हो।'

माओवादी केन्द्रले भने महाभियोग प्रस्तावका लागि नभई कुनै विकासे आयोजनाका लागि हस्ताक्षर संकलन गरेको थियो। पछि त्यही हस्ताक्षरलाई महाभियोग प्रस्तावका लागि प्रयोग गरिएको हो।  

महाभियोग प्रस्तावमा हस्ताक्षर गर्ने १ सय ५७ सांसद को को हुन् ? हेर्नुस् नामावली : 

एमालेका सांसदको हस्ताक्षर 

हेर्नुस् माओवादी केन्द्रका को को सांसदको छ हस्ताक्षर ?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.