|
फाइल फोटो

काठमाडौं : गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर धादिङ नभई नुवाकोटमा दुर्घटना भएको खुलेको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार हेलीकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका ४ मा दुर्घटना भएको हो।

हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ। सोही हेलीकोप्टरमा सवार डोल्मा आनी भने जीवितै रहेको बताइएको छ। उनको उद्धारको प्रयास भइरहेको प्रहरीले जनायो। सामागाउँबाट उडेको उक्त हेलीकोप्टरमा पाँच जना नेपाली, एक जापानी र पाइलट निश्चल केसी सवार रहेको नुवाकोट जिल्ला प्रशासनले पुष्टी गरेको छ। 

हेलीकोप्टरमा गोरखाको चुमनुब्री गाउँपालिकास्थित ल्हो गाउँकी आनी डोल्मा, चुमनुब्री १  साम्दोका छेवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कामात्सु, रामेछापका दिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा सवार थिए।

सम्बन्धित समाचार

अल्टिच्युड एयरको हेलिकोप्टर सम्पर्कविहीन 
 

गोरखाबाट सम्पर्कविहीन भएको हेलिकोप्टर धादिङमा दुर्घटना 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.