१२ स्थानीय तह निमित्त प्रमुखको भरमा

|

रौतहट : जिल्लाका दुई नगरपालिकामा सुब्बा तहका कर्मचारीले कार्यालय चलाइरहेका छन्। सरकारले हरेक नगरपालिकामा उपससचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत तोकेको भएपनि रौतहटको बौधीमाई नगरपालिका र राजपुर नगरपालिकामा अझै सुब्बाले कार्यालय प्रमुख भएर चलाएका हुन्।

बौधीमाई नगरपालिकामा नायब सुब्बा वीरेन्द्र चन्द्रवंशी र राजपुरमा जगत साहले प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गदै आएका छन्। ती नगरपालिकामा नेपाल सरकारले गत असारमा शाखा अधिकृत खटाएको थियो। नगरपालिका प्रशासनले हाजिर नगराएपछि उनीहरू फर्किएका थिए।

देशमै सबैभन्दा बढी नगरपालिका भएको जिल्लाको रूपमा चिनिने रौतहटमा अधिकांश नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले नै नगरपालिका चलाउँदै आएका हुन्। जिल्लामा १६ वटा नगरपालिका र २ गाउँपालिका गरी १८ स्थानीय तह छन्।

१६ वटा नगरपालिकामध्ये चार नगरपालिकामा मात्र उपसचिव छन्।  अन्य १२ वटा नगरपालिकामा शाखा अधिकृतले कामकाज गदै आएका छन् भने २ गाउपालिकामा पनि शाखा अधिकृत प्रमुख छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.