|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोवाटोको एक होटलमा काम गर्ने युवाले सोही होटलमा काम गर्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक दिपक गिरीले दिएको जानकारी अनुसार चारदोबाटोस्थित जितबहादुर चौधरीले सञ्चालन गरेको जय महाकाली स्वीट एण्ड चाट हाउसमा काम गर्ने रामेछाप जिल्ला बेथान–२ घर भएका वर्ष २५ का अर्जुन भन्ने विबेक खत्रीले सोही होटला काम गर्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको हो।

प्रहरीकाअनुसार पीडित महिलाले दिएको जाहेरीका आधारमा पक्राउ गरेको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.