|

नवलपरासी : पश्चिम नवलपरासीमा ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक जना घाइते भएका छन्।

रामग्राम नगरपालिका–३ मा दुर्घटना हुँदा दुर्घटनामा चालक २७ वर्षीय कुमार प्रजा र ट्रक धनी १९ वर्षीय आशिष पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते दुवै जनाको अस्पताल लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। घाइते ट्रकका सहचालक १६ वर्षीय दिपेश कटुवालको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ।

भैरहवाबाट काठमाडौंका लागि छुटेको ना ५ ख ७८ ९७ नम्बरको ट्रक भैरहवा–भूमही सडक खण्डमा शुक्रबार राति दुर्घटना भएको थियो। ट्रक रामखण्डा पुलबाट खोलामा खसेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.