|

पाल्पा : बालिकालाई करणी गर्न खोजेको अारोपमा तानसेन नगरपालिका–१४ मा एकजना पक्राउ परेका छन्। गुल्मीको रुरु गाउँपालिका–१ रिडीका ४० वर्षीय पवन ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।

ठकुरीले आइतबार बिहान छिमेकी १२ वर्षीया एक बालिकालाई करणीको प्रयास गरेको घिमिरेले बताए। उनका अनुसार आइतबार बिहान ६ बजे दूध लिन जाँदै गरेकी बालिकालाई पैसा दिने प्रलोभन देखाई ठकुरीले करणीको प्रयास गरेका थिए। 

बालिका रुँदै भागेर रिडीस्थित प्रहरीलाई खबर गरेकी थिइन्। ठकुरीलाई रिडी प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पालाई जिम्मा लगाएको छ। आइतबार नै जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी ठकुरीमाथि थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.