|

बझाङ  ः  हिजोसम्म देहव्यापारलाई आफनो रोजी रोटीको रुपमा लिएकी बझाङ्ग सदरमुकाम चैनपुरकी हरिना बादी आज एचआइभी एड्स तथा यौनरोग बारे अरुसंग खुलेर कुरा गर्दैछिन् ।

उनी भन्छिन हिजो बाध्यताबस आफुले अपनाएको उक्त पेशा आज आफैलाई घिन लागेर आउँछ। त्यसैले टोल छिमेकका सवै दिदी बहिनीहरुलाई सचेत पार्न देह ब्यापारबाट हुने रोग तथा बेफाइदाबारे जानकारी दिदैछु। अशिक्षा, गरीवी र जनचेतना अभावका कारण विगतमा बझाङ्गका अधिकांश बादी महिलाहरु देह ब्यापर गर्दै जिविका चलाईरहेको घटना कुनै नौलो कुरो होइन्। आजकाल हरिना बादीले स्थानीय चैनपुरको बादी टोल छिमेकका दिदी बहिनीसँग एचआइभी÷एड्सबारे खुलेर कुरा गर्न थालेको करिव दुई वर्ष नाघिसक्यो। 

आफनो पेशाबाट आफैलाई हिनताबोध भएको महसुस गराई बादी महिलाको ब्यवहार परिर्वतन गराउन जिल्लामा रेडक्रस सोसाईटी, बहुउद्देश्य विकास समाज, सामाजिक विकास केन्द्र नेपाललगायतका अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरु लागीरहेको उनी बताँउछिन्। हरिना जस्तै सदरमुकाम चैनपुरका दर्जनौ बादी महिलाले अचेल आफनो पुख्र्यौली पेशाको रुपमा अपनाउदै आएको देह ब्यापारलाई घृणित र अमर्यादित पेशाको रुपमा लिन थालेकाछन्। बादी महिलाको यौन ब्यवहारमा परिर्वतन ल्याउने उद्देश्यले जिल्ला रेडक्रस सोसाईटीद्वारा सञ्चालित एचआइभी-एड्स तथा ब्यवहार परिर्वतन कार्यक्रम अन्तरगत हरिना जस्ता अन्य ५ जना साथी शिक्षिकाले बादी महिलाहरुसँगै छलफल गरी उनीहरुको यौन ब्यवहारमा परिर्वतन ल्याएको दलित महिला संघकी अध्यक्ष आसा विकले बताँइन्। 

बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुर, र पाराकाट्नेकुचलगायतका क्षेत्रमा करिव ९० परिवार बादी समुदायको बासोबास छ। ति क्षेत्रमा हरिना जस्तै आफनो ब्यवहार परिर्वतन गरेका निरा बादी, राधा बादी, दिला बादी, शारदा बादी गाउँ बस्तीका दिदी बहिनीसँग सुरक्षित यौन सम्पर्क तथा एचआइभी-एड्सबारे फुर्सद निकालेर कुरा गर्छन्। यौन पेशालाई परिवर्तन गर्दै हाल बझाङ्गका बादी महिलाहरु जिविको पार्जनको अन्य रोजगारमुलक पेशा गर्न थालेका छन्। यौनरोगबारे जानकारी भएपछि आजकाल टोल छिमेकका प्राय सवै बादी महिलाहरु समयमै स्वास्थ्य जाँच गर्ने गर्दछन् भने आफनो श्रीमानसँग पनि सुरक्षित यौन सम्पर्क राख्ने गरेको बताँउछन्।  

स्थानीयका अनुसार देशमा विद्रोह शुरु भएयता बादी महिलामा देशव्यापार न्यून रहेता पनि फाटफुट रुपमा अझै केही महिलाहरु यो पेशामा संलग्न रहेकाछन्। देह व्यापारका समस्याहरुलाई जरैदेखि निर्मुल पार्न हाल चैनपुरकी बादी महिला जुटेको बताँउदै जिल्ला प्रहरी कार्यालयले बजारमा देहव्यापार गर्ने जोकोहीलाई पनि खान तलासी गरी आवश्यक कार्वाही हुने जानकारी गराएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.