|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका अश्लील सामग्री बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्‍भावमा खलल पुगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको भन्दै मन्त्रालय यस्तो निर्देशन दिएको हो।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले यौनजन्य अश्लील सामग्रीहरूको आदान/प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालले बताए। उनले इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्रीको पहुँच रोक्ने व्यवस्था गर्न सूचना मन्त्रालयले दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको बताए।

मन्त्रालयले अश्लील सामग्रीहरूको विद्युतीय सञ्‍चार तथा इन्टरनेटको माध्यमबाट आदान/प्रदान, प्रकाशन र प्रसारण नगर्न दूर सञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल संचालक तथा प्रयोगकर्तालगायतमा अनुरोधसमेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.