|

काठमाडौंः निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिनयता स्थिर छ। नेपाल राष्ट्र बैंकले सोमबार निर्धारण गरेको मूल्यअनुसार, अमेरिकी एक डलरको खरीद दर ११५ रुपैयाँ २२ पैसा छ भने बिक्री दर राष्ट्र बैंकले ११५ रुपैयाँ ८२ पैसा तोकेको छ। 

राष्ट्र बैंकले युरो एकको खरीद दर १३५ रुपैयाँ ३८ पैसा र बिक्री दर १३६ रुपैयाँ ०९ पैसा तोकेको छ। मलेसियन रिङ्गिट एकको खरीद दर २७ रुपैयाँ ९० पैसा र बिक्री दर २८ रुपैयाँ ४ पैसा छ। कतारी रियाल एकको खरीद दर ३१ रुपैयाँ ६५ पैसा र बिक्री दर ३१ रुपैयाँ एक पैसा रहेको छ। कुवेती दिनार एकको खरीद दर ३८० रुपैयाँ ८३ पैसा र बिक्री दर ३८२ रुपैयाँ ८१ पैसा छ। 

त्यस्तै, सिङ्पुगापुर डलर एकको खरीद दर ८४ रुपैयाँ ४३ पैसा र बिक्री दर ८४ रुपैयाँ ९० पैसा रहेको छ । दक्षिण कोरियन एक सयको खरीद दर १० रुपैयाँ ३३ पैसा र बिक्री दर १० रुपैयाँ ३९ पैसा तोकिएको छ। हङ्कङ डलर एकको खरीद दर १४ रुपैयाँ ६७ पैसा र बिक्री दर १४ रुपैयाँ ८१ पैसा तय भएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।

यो विनियम दरलाई बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक पर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.