|

काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछाने फेन्चाइज लिग टी–१० लिगमा आबद्ध छन्। युएईको व्यासायिक लिग टी–१० लाई इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मान्यता दिएको छ। लिगमा रहेका ८ टिम मध्ये सन्दीपलाई केरला किंग्सले किनेको हो। केरलाले सन्दीपलाई ३० हजार अमेरिकी डलर (३४ लाख ८३ हजार रुपैयाँ) दिनेछ।

सन्दीप आबद्ध टिममा इंग्ल्यान्डका इयान मोर्गान कप्तान छन्। जहाँ वेस्ट इन्डिजक क्रिस गेल, केइरन पोलार्डदेखि पाउल स्टर्लिङ, पाकिस्तानका जुनाइद खान र श्रीलंकाका निरोशन डिवेला छन्।  टी–१० लिग आगामी मंसिर ७ देखि १६ गतेसम्म शारजाह क्रिकेट मैदानमा हुनेछ।

लिगमा केरलासहित माराथा अरेबियन्स, पाख्तून्स, पन्जाबी लिजेन्ड्स, कराचियन्स, बेङ्गाल टाइगर्स, नर्थन वारियर्स र राजपुतस् छन्। लिगमा १० ओभरको एक इनिङ हुने र खेल ९० मिनेटमा सकिने नियम छ। लिगको दोस्रो संस्करण हो। योसँगै सन्दीपले पाँचौ विदेशी फ्रेन्चाइज लिग खेल्ने भएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.