|

काठमाडौं : 'जुवाखालबाट हाम फाल्दा दुईजनाको मृत्यु' शीर्षकको समाचारमा मृत भनिएका एक व्यक्तिको नाम फरक परेको खुलेको छ।

रासस (राष्ट्रिय समाचार समिति) बाट प्रेषित समाचारमा कागेश्वरी मनहरा–६ स्थित एक भवनको तेस्रो तल्लास्थित जुवाखालबाट हाम फाल्दा शुक्रबार राति स्थानीय ४१ वर्षीय सरोज घले र सिन्धुपाल्चोक भोटेचौरका सुमन लामाको ज्यान गएको भनी थाहाखबरले शनिवार बिहान प्रकाशन गरेको थियो।

मृत भनिएका सुमन तामाङले फोन गरी आफू जुवाखालमै नगएको बताएपछि थाहाखबरले काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामालाई फोन गर्दा नाम फरक भेटिएको बताएका छन्।

बरिष्ठ प्रहरी उपरिक्षक लामाले मृतक सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने  सोमलाल तामाङ भएको जानकारी दिए। सुरुमा मर्ने व्यक्तिको नाममा अलमल भए पनि सोमलाल तामाङ रहेको खुलेको वरिष्ठ उपरीक्षक वसन्त लामाले स्पष्ट पारे।

हेर्नुहोस् समाचार–

जुवाखालबाट हाम फाल्दा दुईजनाको मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.