|

सिन्धुपाल्चोक : दुई दशकदेखि बन्द रहेको नेपाल ओरियण्ड म्याग्नेसाइट कम्पनी प्रालि पुन सञ्चालनमा ल्याउन जनप्रनितिधिले पहल थालेका छन्। खानी क्षेत्र दोलखाको भिमेश्वर नगरपालिकाको लाकुरीडाँडा, रोपवे क्षेत्र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका र बलेफी गाउँपालिका ८ का जनप्रतिनिधिले म्याग्नेसाइट खुलाउन पहल गरेका हुन्। 

स्थानीय स्तरमा सरोकारवालहरूसँग छलफल गरी म्याग्नेसाइटलाई सञ्चालन ल्याउन साझा धारणाको प्रतिवदन तयार गरेर उद्योगमन्त्री मातृका यादवलाई प्रतिवेदन बुझाएको प्रदेश सांसद सरेश नेपालले जानकारी दिए। ‘हामीले स्थानीय स्तरसँगको साझा धारणसहितको प्रतिवेदन तयार गरेर मन्त्रालयमा वुझाएका छौँ’ सांसद नेपालले भने,‘त्यसको प्रतिक्रिया केही आएको छैन। सोहीअनुसार हामीले म्याग्नेसाइट सञ्चालनको तयारीमा जुटेको हौँ।’

म्याग्नेसाइट सञ्चालनमा ल्याउन अथक प्रयास निरन्तर गरिरहेको बलेफी गाउँपालिका ८ का वडाध्यक्ष चरीबहादुर तामाङले बताए। उद्योग सञ्चालनको लागि अन्तरक्रिया र सम्भाव्यता अध्ययन कार्यक्रम सम्पन्न गरेको उनले जनाए। स्थानीय समुदाय कै लगानीमा उद्योग सञ्चालनमा ल्याउने तयारीमा रहेको उनको भनाई छ। 
उद्योेग सञ्चालनमा ल्याउन सिन्धुपाल्चेक र दोलखाको स्थानीय सरकारको प्रतिनिधि सक्रिय भएर लागिपरेका छन्। ओरेन र खोतान ग्रुपको बराबरी हिस्सा २५ प्रतिशत सेयर फिर्ता गर्ने र नेपनल सरकारको ७५ प्रतिशतमा जनताको लगानी थपेर उद्योग सञ्चालन गर्ने भन्ने कुराले स्थानीयमा छुट्टै खुसी पैदा गरेको छ। नेपाल सरकार र भारतको ओरेन्ट गु्रपको ७/७ करोड गरी १५ करोड लगानीमा उद्योग स्थापना भएको थियो। पछि दुई पक्षबीचको विभादका कारण २०५३ सालमा बन्द भएको थियो। हाल देश संघीयतामा गएपछि स्थानीय स्राेत साधनको संचालन र प्रयोग स्थानीय सरकारकै भएकाले जनप्रतिनिधि म्याग्नेसाइट सञ्चालनमा जुटेका हुन्। 

सरकार सञ्चालनमा सहजता ल्याउनको लागि स्थानीय स्तरमै आत्मनिर्भर बन्नको लागि यस्ता बन्द रहेको उद्योग सञ्चालनमा ल्याउनको लागि आवश्यक हुन्छ। यस्ता कार्यलाई तीव्रता दिई आत्निर्भरताको बाटो पहिल्याउनु सम्पूर्ण स्थानीय सरकारको जिम्मेवारी भएको स्थानीयको भनाई छ। म्याग्नेसाइट उद्योग बिज्ञ स्थानीय डा. विनोद नेपालले स्थानीय जनप्रतिनिधिलाई स्थलगत प्रतिबेदन तयार पारी सहयोग पुर्‍याएर राम्रो काम गरेको बताएका छन्।

सरकार फेरिए पिच्छे उद्योग सञ्चालनको कुराको उठान ब्यापक हुने गरेको छ। तर अहिलेसम्म सञ्चालन आउन नसकेको उनको भनाई छ। यस पटक जनप्रतिनिधि आफैँले पहल गरेको हुनाले म्याग्नेसाइट सञ्चालन हुुने सम्भावना बढेको उनले बताए। बन्द उद्योग सञ्चालनमा ल्याउन नेपाल सरकारको उद्योग मन्त्रालय पनि सकारात्म भएको छ। उद्योग सञ्चालनमा आएपछि स्थानीयले आफ्नै ठाउँमा रोजगार पाउनेछन्। २०३५ सालमा स्थापना भएको उद्योग २०५३ सालमा बन्द भएको थियो।

उद्योग बन्द रहे पनि अहिलेसम्म उद्योगमा भएका मेसिनऔजानहरू सबैको अवस्था राम्रो रहेको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.