|
प्रतीकात्मक तस्वीर

कालिकोट : कर्णाली प्रदेश मातहतमा रहेको सरकारी कर्मचारीहरूले तीन महिनदेखिको तलब पाएका छैनन्। लब कसले खुवाउने भन्ने विषय टुङ्गो नलाग्दा प्रदेश मातहतमा रहेका कर्मचारीको ततलब नपाएका हुन्। 

प्रदेश सरकार मातहत स्थापना भएका अस्पताल, खानेपानी, पशु सेवा विज्ञ, कृषि ज्ञान केन्द्र, प्राविधिक लगायतका कर्मचारीले तलब पाएका छैनन्। प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलब नपाएको गुनासो गरेका छन्।

प्रदेश सरकार मातहत स्थापना भएका पशु सेवा केन्द्र, अस्पताल, जिल्ला खानेपानी कार्यालय लगायतका कार्यालयका कर्मचारीले तलब नपाएको पशु प्राविधिक पूर्णबहादुर गिरीले बताए। ‘प्रदेश सरकार अन्तर्गतका कुनै पनि कर्मचारी तलब पाएका छैनन्’, उनले भने,‘कहिले कसरी खुवाउने हो त्यो पनि थाहा छैन।’

गत साउनदेखि अहिलेसम्म तलव नपाएको कृषि ज्ञान केन्द्र कालिकोटका निमित्त कार्यालय प्रमुख भक्तिराम शर्माले बताए। ‘दसैँको मुखमा तलब कहिले कसरी पाउने हो चिन्ता छ’, प्रदेश सरकारले तलब खुवाउनेबारे टुङ्गो नै लगाएको छैन।’

कृषि ज्ञान केन्द्र कालिकोटमा प्रदेश अन्तर्गतका पाँचकर्मचारी रहेको र कसैले पनि तिन महिनादेखिको तलब नखाएको कर्मचारी पदमबहादुर शाहीले बताए। साउनदेखि तलब पाइएकाे छैन', उनले भने, ‘दसैँ नजिक आइसक्यो तलब कहिले पाउने हो?’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.