|

बुटवल : रुपन्देहीमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ। बुटवलमा मेला घुमाएर फर्किने क्रममा देवदह नगरपालिका १० चरंगेको शिवनगर जंगलमा सामूहिक बलात्कार गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी छन्। 

१६ वर्षकी युवतीको उजुरीका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ। घटना विवरणअनुसार यही असोज २३ गते राती ८ बजे मेला हेरेर फर्किने क्रममा शिवनगर वनमा सामुहिक बलात्कार गरेको उजुरी युवतीले दिएपछि २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए। 

बलात्कारको अभियोगमा देवदह १० का ३५ वर्षीय उदय थापा र बुटवल ७ का २६ वर्षीय कृष्ण थापा पक्राउ परेका हुन्। युवतीलाई मोटरसाइकलमा राखेर जंगलमा पुर्‍याउने अर्का एक जना फरार छन्। घटनास्थलबाट प्रहरीले प्रयोग भएका ४ थान कण्डम, फुटेका चुरा बरामद भएको जनाएको छ। बलात्कृत युवती उपचारपछि घरमा आराम गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.