|
प्रतीकात्मक फोटो

जनकपुरधाम : सडक दुर्घटनामा परेर धनुषामा एक जनाको मृत्यु भएको छ। धनुषा जिल्लाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोर्ताहामा आइतबार राति भएको सडक दुर्घटनामा एकको मृत्यु र दुई घाइते भएका छन्।

मृत्यु हुनेमा धनुषा जिल्लाको सबैला नगरपालिकाका जितेन्द्र मुखिया रविदासको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक दीपक साहले जानकारी दिए। दुर्घटनामा माहुल रविदास र मो. मुम्ताज गम्भीर घाइते भएका हुन्। घाइते दुवैलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर न्यूरा हस्पिटलमा पठाइएको जिल्ला ट्राफिक कार्यालय धनुषाले जनाएको छ। शवलाई जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।  

रात्रिकालीन समयमा पूर्वबाट पश्चिम जाँदै गरेको ज ७ प ४८३१ नम्बरको मोटरसाइकलविपरीत दिशाबाट आउँदै गरेको बा. १६ प ६४०८ नम्बरको जिपकारले ठक्कर दिएको थियो। दुवै सवारी हाल ईलाका प्रहरी कार्यालय पोर्ताहाको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.