|

बैतडी : मादक पदार्थ सेवन गरी श्रीमानले हँसिया प्रहार गर्दा बैतडीको पञ्चेश्वर गाउँपालिका ४ बर्तोली चौडेलीकी  २७ वर्षीया  ईन्द्रा चन्द घाइते भएकी छन्।  

श्रीमान सुरेन्द्र चन्दले सोमवार दिउँसो मादक पदार्थ(रक्सी) सेवन गरी  श्रीमती ईन्द्रामाथि  हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। 

श्रीमानको हँसिया प्रहारबाट ईन्द्राको कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ। ईन्द्राको स्थानीय सैलोडा स्वास्थ्य चौकी उपचार भइरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.