|

लहान : सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाइलबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित एक बृद्धलाई पक्राउ गरेको  छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा स्थानीय ६८ वर्षीय गंगाप्रसाद यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरीले विशेष सूचनाका आधारमा मंगलबार यादवको घर खानतलासी गर्दा ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध फेला परेको हो। प्रहरीले तत्काल यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीका अनुसार यादवले आफ्नो घरमा तीनवटा बोरामा प्याक गरी लुकाएर राखेको अवस्थामा १०० एम.एल.को ४४८ बोतल डाइलेक्स डि.सी., एक हजार आठ सय थान नाइट्रोभेट बरामद भएको छ। त्यस्तै, यादवको घर खानतलासीको क्रममा ८६४ थान स्पासमोस र १८० थान फोर्टबिन बरामद भएको छ। 

एक महिनामा आठ पक्राउ

सिरहा प्रहरीले असोज ३० गतेसम्म एक महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँबाट आठ जनालाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा उदयपुरका तीन, महोत्तरीका एक, सर्लाहीका एक र सिरहाका तीन गरी आठजना रहेका छन्।  पछिल्लो भदौ महिनामा जिल्लाका विभिन्न ठाउँबाट १२ जनालाई लागुऔषधसहित पक्राउ गरी कारबाही चलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए।

भारतीय सीमावर्ती बजारहरू जयनगर, लदनिया, लौकहालगायतका बजारमा नेपालमा लागुऔषधको रूपमा प्रतिबन्धित औषधिहरू खुला रूपमा बिक्री भइरहेको छ। नेपालमा प्रतिबन्धित भए पनि सीमावर्ती भारतीय बजारमा सहजै उपलब्ध हुने भएकाले सिरहाको लहान–ठाडी, जिरोमाइल– बरियारपट्टि र चोहर्वा–माडर सडक खण्ड हुँदै विभिन्न जिल्लाका युवाहरू सुरक्षाकर्मीको आँखा छलेर लागुऔषधको ओसारपोसारमा संलग्न रहेको पाइएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.