|

कञ्चनपुर : वेदकोट नगरपालिका दैजी जोगबुढा सडकखण्डमा बिहीवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुक्तिटोलका ३५ वर्षीय  जगना राना रहेको प्रहरीले जनाएको छ।

भरतीय नम्बरको मोटरसाइकलमा सवार रानाको उपचारका क्रममा महाकाली अञ्चल अस्पताल भीमदत्तनगरमा मृत्यु भएको हो। मोटरसाइकल चालक ३६ वर्षीय पवन डगौराको महाकाली अञ्चल अस्पतालमा उपचार हुन सकेपछि थप उपचारका लागि कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा लगिएको छ।

मोटरसाइकल धनी भारतको खटीमा बजार राजिव नगर उत्तराखण्डका राजेश गौतम सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुर्घटना तीव्र गतिका कारण भएको भएको बताइएको छ। 

मृत फेला 

पुनर्वास नगरपालिका–३ (ङ) का ५६ वर्षीय मानबहादुर सुनार बिहीवार मृत फेला परेका छन्। उनी घरदेखि ३०० मिटर टाढा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृत्युबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.