|

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिनमा लापरबाही गरेको आरोपमा सेवाबाट बर्खास्त गरिएका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्टले गृहमन्त्रालयको निर्णयविरुद्ध अदालत जाने बताएका छन्।

विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बिहीबार साँझ गृहमन्त्रालयले बर्खास्त गरेको थियो। उनीहरूलाई यसअघि स्पष्टीकरण सोधिएको थियो। स्पष्टीकरणबाट सन्तुष्ट नभएपछि गृहमन्त्रालयको सचिवस्तरीय निर्णयले विष्ट र भट्टलाई बर्खास्त गरेको हो।

थाहा खबरसँग कुरा गर्दै विष्टले आफ्नो बर्खास्तीबारे धेरै नबोल्ने बताए। उनले आफू वकीलहरूसँग सल्लाह गरिरहेको बताए। उनले भोलि शुक्रबार नै कानूनी प्रक्रियामा अगाडि बढ्ने बताए।

निर्मलाको साउन १० गते हत्या गरिएको थियो भने उनको शव ११ गते उखुबारीमा भेटिएको थियो। तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख विष्ट लगायत प्रहरी अधिकारीहरूले अनुसन्धानमा लापरबाही गरेको स्थानीय र निर्मलाका आमाबुबाको थियो।

निर्मलाको बलात्कार र हत्या भएको लामो समय हुँदासमेत मुख्य दोषी पत्ता लाग्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.