|

सुनसरी : भुम्का नगरपालिकामा रहेको क्षेत्रीय कारागारमा बिहीबार एक कैदीको मृत्यु भएको छ। 

उदयपुर हडिया–८ का ३६ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए।

उनलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.