|

ओखलढुंगा : तिहार आउन अझै १५ दिन बाँकी छ। दशै अघि देखी नै गाउँ घर फूलहरुले ढकमक्क भएको छ।  

गाउँशहर नै बेहुली झैं बनेको छ। मौशमले कहिले अघि त कहिले पछि कहिले सयपत्री नफूल्दै तिहार आउँछ कहिले सयपत्री फक्रिसकेपछि तर जे भएपनि फूल र तिहारको प्रगाढ सम्बन्ध रहेको छ।

यो वर्ष ओखलढुंगाका गाउँ तथा बजार क्षेत्रमा तिहार आउनुअघि सयपत्री फुलेर गाउँशहर ढकमक्क भएका छन्। दशैं अघि देखि नै घरघरमा भएका फूलबारी, बारीका कान्ला, खेतका आली, घरको आँगन, डिलहरुमा सयपत्री रातै पहेँलै फुलेका छन्। दशैँ अघि देखी ढकमक्क भएका फूलहरु तिहार सम्म रहने नरहने भनेर दिदीबहिनीहरुलाई चिन्ताले सताएको  छ।

मखमली र बाबरी त रहन्छन तर सयपत्री फूलहरु तिहारसम्म रहलान् कि नरहलान् भन्ने भन्ने आफुलाई डर भई रहेको लिखु ८ की बाबा पौडेलले बताईन। भाईटिकामा आफ्ना दाजुभाईलाई टिका लगाइदिएर गलाभरी माला लगाउन रोपिएको सयपत्री यसपाली बेलैमा फुलिसकेको छ उनले बताईन्। विभिन्न प्रजातिका सयपत्रीहरुले गाउँ नै रंगीन बनेको छ। दशैँ सकिएसँगै ढकमक्क भएको फूलले तिहारको रौनक आईसके जस्तै देखिन्छ गाउँघर अहिले।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.