|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका-६ ढकालथोकमा शनिबार भएको जीप दुर्घटनामा परी थप एक जनाको मृत्यु भएको छ। जीप दुर्घटनामा नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक (डिआइजी) सुशील भण्डारीसहित तीन जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नगरपालिका- ४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नगरपालिका-१० का ४४ वर्षीय विनोद कार्कीको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका डिआइजी भण्डारीको उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा डिआइजी भण्डारीलगायत चढेको बा ३ च २८७ नम्बरको ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खसेको थियो।

उक्त घटनामा थप दुई जना घाइते भएका छन्। घाइते हुनेमा पनौतीका प्रदीप बोगटी र सिताराम हुमागाई रहेका छन्। घाइतेहरूको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.