|

बारा : कलैया उपमहानगरपालिका–२३ कोइरी टोलमा शनिबार राति एक वृद्धको घाँटी रेटी हत्या भएको छ। ६५ वर्षीय नन्दलाल राउत कुर्मीको हत्या भएको बारा प्रहरीले जनाएको छ।

श्रीमतीसहित गोठमा बस्दै आएका नन्दलाल घर नजिकैको आँपको बोटमुनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताए।

घटनाबारे अनुसन्धान सुरु गरिएको प्रवक्ता राठौरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.