विश्व

अमेरिकी चुनावको पूर्वसन्ध्यामा इन्स्टाग्राम र फेसबुक एकाउन्ट बन्द
SHARES

कात्तिक २०, २०७५

    अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका ११५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ। अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खातासमेत रहेका छन्।

    अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरूले रुसीहरूले फेसबुकमार्फत् नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो। अमेरिकामा मंगलबार मध्यावधि चुनाव हुँदैछ।

    गत साता प्रकाशित एक अध्ययनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको भन्दा बढी मात्रामा यसपटक सामाजिक सञ्जालमार्फत् गलत सूचना प्रवाह भएको देखिएको छ। राष्ट्रपतीय निर्वाचनताका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रुसीहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी सघाएको आरोप लाग्दै आएको छ।

    'आइतबार साँझ, अमेरिकी कानुन कार्यान्वयन निकायले अनलाइन गतिविधिका बारेमा हामीसँग सम्पर्क राखेका थिए। उनीहरूको विचारमा ती खाताहरू विदेशी व्यक्ति एवं संस्थासँग सम्बन्धित थिए,' फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नाथानिल ग्लेचरले भने, 'हामीले तत्कालै ती खाता बन्द गरिदियौं र हामी अहिले त्यसका बारेमा विस्तृत रुपमा बुझ्ने क्रममा छौँ।'

    ग्लेचरको भनाइ अनुसार फेसबुकका ३० र इन्स्टाग्रामका ८५ खाता भएका व्यक्ति एवं संस्थाका कृयाकलाप शंकास्पद रहेको पहिचान भएको छ। उक्त खाताहरू फ्रान्सेली र रुसीसँग सम्बन्धित रहेको पाइएको छ।

    अमेरिकी मध्यावधि चुनावमा फेसबुकमार्फत् हुनसक्ने गडबडी रोक्न फेसबुकले व्यापक जनशक्ति परिचालन गरेको छ। यो कार्यका लागि फेसबुकले करिब २० हजार कर्मचारी खटाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]