|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वको अवसरमा दिएको दिवाभोज तथा शुभकामना आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा बुधबार बिहान ११ बजे शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेकी थिइन्।

शितल निवासमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो।

राष्ट्रपति भण्डारीले दलका नेताहरूलाई मिल्न सुझाव दिएकी थिइन्। कार्यक्रममा सहभागी एक नेताका अनुसार राष्ट्रपतिले जसरी लोकतन्त्र ल्याउन सबै दल मिलेका थिए त्यसरी नै राष्ट्रलाई समृद्ध बनाउनका लागि एक हुन आग्रह गरेकी थिइन्। उनले त्यसका लागि आफ्नो पक्षबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको स्रोतले बतायो।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, खिलराज रेग्मी, नेताहरू रामचन्द्र पौडेल, राजेन्द्र महतो, रामचन्द्र पौडेल, शशांक कोइराला, सुजाता कोइराला, विमलेन्द्र निधि, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, ओनसरी घर्ती, भीम रावल, विष्णु पौडेल, विजयकुमार गच्छदार, मनिष सुमन लगायत नेताहरूको सहभागिता रहेको राष्ट्रपति कार्यालयका विज्ञ माधव पोखरेलले जानकारी दिए।

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पोखरामा रहेकाले कार्यक्रममा सहभागी हुन नसकेको पोखरेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.