समाज

कैदीबन्दीले टीका लगाउने समय तोकियो
SHARES

कात्तिक २२, २०७५

    बझाङ : बझाङ जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि भाइटीकाको दिन टीका लगाउने तथा आफन्त भेट्ने निश्चित समय तोकिएको छ। कैदीबन्दीले टीकाको दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म आफन्तजन भेटघाट तथा टीका ग्रहण गर्न पाउनेछन्।

    ४२ कैदी र ११ थुनुवा गरेर ५३ कैदीबन्दी रहेको जिल्ला कारागारमा सात घण्टा भेटघाटको समय दिइएको जिल्ला कारागारका प्रहरी प्रमुख भरत विकले बताए।

    जस्तामुनी जीन्दगी बित्दै

    जम्मा २५ कैदीबन्दीको क्षमता रहेको जिल्ला कारागारमा हाल ५३ जनाले कष्टकर जीवन बिताउँदै आएका छन्। खानेपानी, चर्पी र ढल निकासको समेत राम्रो व्यवस्था छैन। विसं २०४० मा निर्माण गरिएको कारागार भवन निकै जीर्ण अवस्थामा छ।

    यसअघि गत जेठ १२ गते लगातार तीन दिनसम्म परेको वर्षाका कारण जीर्ण जिल्ला कारागारको १५ मिटर घेरबार भत्किँदा कारागारमा रहेका कैदी तर्सिएका थिए। सुत्ने ठाउँ नभएर आलोपालो गरी राति सुत्ने गरेका छन्। जस्ताले छाएको भवनको चारैतिर प्वालनै प्वाल छन्। हिउँदयाम शुरु भइसकेकाले चिसोका कारण निकै असहज हुने गरेको कैदीहरुको गुनसो छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]