|

सुनसरी : जुवा खेलिरहेको अवस्थामा २६ जना जुवाडे पक्राउ परेका छन्। धरान उपमहानगरपालिका–१६ स्वामी चोकबाट एक लाख १० हजार रुपैयाँसहित सात जनालाई बिहीबार राति नियन्त्रणमा लिएको सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए।

यस्तै, रामधुनी नगरपालिका–५ बाट ९३ हजार रुपैयाँसहित १९ जना जुवाडे नियन्त्रणमा लिइएको एसपी अधिकारीले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.