|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बहिनीहरूसँग भाइटीका लगाएका छन्। नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बहिनीहरूको हातबाट टीका ग्रहण गरेका हुन्।

प्रधानमन्त्री ओलीले आफ्ना दुई बहिनीहरू जेठी बहिनी विष्णुमाया ढकाल (चितवन) र माइली बहिनी कमलादेवी कोइराला (काँकडभिट्टा)बाट टीकाको साइत ११:५५ बजे भाइटीका लगाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्यले पनि दुई बहिनीहरूको हातबाट टीका ग्रहण गरेकी छन्। विधिअनुसार बहिनीहरूले दाजु पुजेर टीका तथा माला लगाइदिए। बहिनीहरूले उपहार प्रदान गरेपछि प्रधानमन्त्री ओलीले बहिनीहरूलाई दक्षिणाका साथै उपहार प्रदान गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.