|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओली आफैँ संघीयतालाई समाप्त पार्ने षड्यन्त्रमा लागि रहेको गम्भीर आरोप लगाएका छन्।

नेता श्रेष्ठले प्रदेश र स्थानीय तहको आर्थिक तथा प्राकृतिक स्रोत बाँडफाँडलगायतका काम गर्न गठन गर्नुपर्ने प्राकृतिक स्रोत तथा वित्तिय आयोग गठन गर्न किन ढिलाई गरेको भन्दै सरकारलाई प्रश्न पनि गरेका छन्। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विकास निर्माणको कामलाई अघि नबढाएको, कर थोपर्ने काम गरेको भन्दै सरकारको समग्र काम कारबाहीप्रति आक्रोश व्यक्त गरेका हुन्। नेता श्रेष्ठले शक्ति आफ्नो हातमा लिएर सरकारले विपक्ष दललाई तर्साउने गतिविधि गरिरहेको आरोप पनि लगाए।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले भने सरकारको कामको समीक्षा गर्ने बेला नभएको जवाफ दिएका थिए। उनले पाँचवर्षे अवधिको सरकारलाई आठ महिना पूरा नहुँदै विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क पनि गरे। नेता रायमाझीले सरकारलाई विकास, निर्माणको काममा रचनात्मक सहयोग गर्न पनि कांग्रेससँग आग्रह गरे। उनले सरकारको आलोचनामा मात्रै समय नबिताउन पनि प्रमुख प्रतिपक्ष कांग्रेससँग सुझाव दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.