|

भद्रपुर, (झापा) : भद्रपुरमा मोटरसाइकल दुर्घटनमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–८ का २० वर्षीय किशोर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटना परी भद्रपुर–८ का २० वर्षीय प्रताप तामाङ र २६ वर्षीय आशीष राई गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार बिहान साढे १ बजे केचना—चाराआली सडकखण्डअन्तर्गत भद्रपुर–४ झिलमिलीया पुल नजिकै दक्षिणीबाट उत्तरतर्फ आइरहेको मे ४ प ७७९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

मोटरसाइकलमा तीन जना सवार रहेका थिए। दुर्घटनामा परी मोटरसाइकल चालक प्रधानको उपचारको क्रममा ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।। मोटरसाइकलको पछाडि सवार घाइते दुवै जनाको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए। मोटरसाइकलमा सवार तीन जनाले नै मादक पदार्थ सेवन गरेको खुलेको प्रहरीले बताएको छ। अत्याधिक मादक पदार्थ सेवनका कारण मोटरसाइकल दुर्घटना भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जबेगुले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.