|

काठमाडौं : काठमाडौं महानगरपालिका-१० स्थित बुद्धनगरचोकमा सवारी साधन जाँच गर्ने क्रममा घुस दिने बा२ ख ८१२९ नम्बरको मिनिट्रकका चालक जीतबहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।  चालकले मिनिट्रकको कागजपत्र नभएको भनी प्रहरीलाई नगद एक हजार रूपैयाँ घुस दिएकोले निज तामाङलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको  हो।

त्यसैगरी मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिने ना ५ ख ७१८१ नम्बरको ट्रक चालक मुरतुजमिया चुरियारलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। रूट प्रमिट कागजको भित्र नगद २ सय रूपैया राखी प्रहरीलाई घुस दिएकोले निज चुरियारलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

दुवै चालक र सवारी साधन नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.