|

कालिकोट : कणाली नदीमा र्‍याफ्टिङ गर्दै आएका विदेशी पर्यटकको मृत्यु भएको छ। हुम्लाबाट र्‍याफ्टिङ गर्दै आएका विदेशी पर्यटकको बिहीबार बिहान सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ रकुको आम्तडामा मृत्यु भएको हो। विदेशी नागरिक कुन देशका हुन् भन्ने परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताए। ‘विदेशी नागरिक कुन देशका हुन् भन्ने खुल्न सकेको छैन।’ उनले भने, ‘प्रहरी घटनास्थलतर्फ जादैँ छ।’

र्‍याफ्टिङ गर्दै आएका विदेशी नागरिकको ढुंगा नदी वहाबले कडा चट्टानमा ठोकिएर पर्यटकको मृत्यु भएको स्थानीय नरबहादुर बुढाले बताए। घटना भएको ठाउँमा गत वर्ष पनि र्‍याफ्टिङ गर्दै आएका एक फ्रान्सेली नागरिकको मृत्यु भएको थियो। कर्णाली नदीमा र्‍याफ्टिङ गर्दै आउने विदेशी पर्यटक सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ रकुको आम्तडा यसै ठाउँमा यी लगायतका ४ जनाको मृत्यु भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.