|

तनहुँ : बाघको आक्रमणबाट बिहीबार साँझ एक बालिकाको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिका–४ चिसापानी जोखनीगाउँ बस्ने ४ वर्षीय बालिका अस्मिता लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

बाघको आक्रमणबाट घाइते बालिका अस्मिताको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको उनले बताए। आमा सरस्वती लम्साल र बुबा कृष्ण लम्सालले घर नजिकै खेलिरहेको अवस्थामा बाघले बालिकालाई आक्रमण गरेको बताएका छन्। ‘करिब साँझ ६ बजेतिर घर नजिकै खेलिरहेको बेलामा बाघले आक्रमण गरेको थियो,’ उनीहरूले भने ‘अस्ताल ल्याइपुर्‍याएर पनि छोरीलाई बचाउन सकेनौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.