|

काठमाडौं : जघन्य अपराधको अभियोग लागेका ४०० मुद्द्दामा आममाफीको निर्णय लिन सरकारसमक्ष प्रस्ताव लैजाने तयारी गरिएको छ।

अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता टोलीले त्यस्तो प्रस्ताव लैजान लागेको हो। विगतमा सरकारसँग वार्ता गरेका तर असन्तुष्ट रहेका र संविधानबाहिर रहेका द्वन्द्वरत पक्षसँग वार्ता गरी दिगो शान्ति स्थापनाको वातावरण तयार गर्न सरकारले उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो।

भदौ ८ गते पूर्वमन्त्री तथा नेकपाका नेता सोमप्रसाद पाण्डेको नेतृत्वमा गठित वार्ता टोलीले १९ वटा समूहसँग प्रारम्भिक वार्ता गरेको थियो। यससँगै राजनीतिक आवरणका जुनसुकै जघन्य मुद्दामा पनि आममाफीको निर्णयमा पुगिदिन टोलीले सरकारलाई सुझाउँदै छ।

यसका लागि टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दैछ। यसअघि बिहीबार मात्रै गृहमन्त्री रामबहादुर थापासँग मन्त्रालयमा दुई घण्टा छलफल गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.