|

उदयपुर : प्रदेश १ मा १४ जिल्ला पर्दछन्। जसमा ११ लाख ३४ हजार २ सय ५० हेक्टर वन क्षेत्र छ। प्रतिशतका हिसाबले यो प्रदेश १ मा सय प्रतिशतमा ४४ दशमलव ७४ प्रतिशत वन क्षेत्रले ओगटेको छ। सातै प्रदेशको तथ्याङकअनुसार प्रदेश १ तेस्रो स्थानमा छ। नेपालमा कुल क्षेत्रफलको ६६ लाख १० हजार अर्थात् झन्डै ४४ दशमलव ७४ प्रतिशत वनक्षेत्र पर्दछ। प्रदेश १ मा क्षेत्रफलको आधारमा सबैभन्दा बढी वन क्षेत्र उदयपुरमा छ। जसमा ६५ दशलमव २६ प्रतिशत छ भने सबैभन्दा कम झापामा १० दशमलव ९४ प्रतिशत रहेको तथ्यांकले देखाउँछ।

वन क्षेत्रको सदुपयोगबाट पनि प्रदेश १ लाई सम्बृद्धि बनाउन सकिन्छ। वनबाट उत्पादित विभिन्न कच्चापदार्थ र जडीबुटीमा ध्यान दिन जरुरी छ। प्रदेश १ बाट १ करोड ७ लाख ३४ हजार ९ सय ३० दशमलव २ क्युफिट काठ बर्सेनि बिक्री वितरण हुने सरकारी तथ्यांक पाइन्छ। प्रदेश १ मा तराईका सिमसार वनदेखि चुरे पर्वत महाभार र हिमाली क्षेत्रका वन क्षेत्रसमेत छन्। वन क्षेत्र विभिन्न कारणले दोहन भइरहेका बेला वन क्षेत्र अतिक्रमणलई रोक्दै प्रदेश सरकारले वनलाई नै भरपर्दो आम्दानीको स्रोत बनाउनुपर्ने देखिन्छ।

तराईदेखि सोलुखम्बुसम्म पुगेर क्यामेरामा कैद गरिएका चुरे वन क्षेत्रदेखि महाभारत र हिमाली वन क्षेत्रका केही तस्बिर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.