|

काठमाडौं : फिल्म ‘सुश्री सम्पति’को पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गरिएको तीन पोस्टर फिल्मका तीन मुख्य कलाकार सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन्।

फिल्मको कथाबस्तु अनुसार नै पोस्टर तयार पारिएको निर्देशक सुव्रतराज आचार्यले बताए। उनले भने, 'यी तीन पात्रकै वरपर फिल्मको कथा घुम्छ। त्यहीँ भएर पोस्टरमा पनि उनीहरू फोकस छन्।' मंसिर २८ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा सलोन,सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छन्।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन्। विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार निर्माता रहेको फिल्ममा सुरेश अधिकारीको शब्द र संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ।

अर्जुन तिवारीले खिचेको फिल्मलाई भरत रेग्मीले सम्पादन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.