|

काठमाडौंः नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सरकार र पार्टी दुबैमा बहुमतको अहमता रहेको बताएका छन्।  सरकारले जनचाहान अनुरुप काम गर्न नसकेको र कांग्रेसले समेत प्रभावकारी भूमिका खेल्न्न नसकेको उनले बताए। उनले  सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलार्इ बिधान बिपरित चलाएको आरोप पनि लगाएका छन्।

कानुन मिच्ने अधिकार कसैलाइ नभएको भन्दै उनले बिधानमा दुईवटा उपसभापति राख्ने ब्यबस्था नभएको उल्लेख गरे। ‘आफूलाइ लोकतान्त्रिक  पार्टी भन्ने अनि नेतृत्वले बिधान बिपरित बहुमतको आडमा मनपरी काम भएको छ, यसलाई सच्याएर अगाडि बढ्नुपर्छ।’

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व महामन्त्री समेत रहेका नेता सिंहले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चित्त बुझ्दो काम नगरेकै कारणले पार्टीले चुनावमा  कांग्रेसले हार व्यहोर्नु परेको बताए।

उनले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको पनि बताए। अब सबैलाई समेटर बिधान र बिधिलाई अबलम्बन गर्ने नेतृत्व कांग्रेसमा आम कार्यकर्ताले खोजेको उनको तर्क छ।

 
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले बर्तमान सरकार  संघीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप लगाए। सरकारका गतिविधिले दुईतिहाइको सरकार हुँदा पनि संघीयतालाई संस्थागत गर्ने पक्षमा नदेखिएको उनको धारणा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.