|

बिर्तामोड : होटलको कोठा बुक गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले झापाको बिर्तामोडबाट ७ जनालाई पक्राउ गरेको छ।

बिर्तामोड-६ स्थित पञ्चकन्या होटल एण्ड लजको ६ नम्बर कोठाबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। पक्राउ पर्नेहरुमा शनिअर्जुन-६ का सञ्जिव पाठक, बिर्तामोड-६ का प्रकाश धमला, सोही स्थानका सनम तामाङ, सन्तोष गजमेर, अनिल थापा, किरण तामाङ र इलाम मङ्गलबारे-४ का कुमार खाती छन्।

उनीहरुले हारमारको बाजी राखेर जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी केशवकुमार थेबेले बताए। उनीहरुको साथबाट ६१ हजार ९ सय ५५ रुपैयाँ र ३ बुङ ताससमेत बरामद गरिएको जनाइएको छ। 

पक्राउ परेकाहरुलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय झापामा पठाइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.