|

बुटवल : गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ। अब रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पर्ने लुम्बिनी क्षेत्रमा पञ्चशीलले गर्न नहुने भनेका काम गर्न प्रतिबन्ध लागेको छ। 

पञ्चशील क्षेत्र घोषणा भएसँगै लुम्बिनीमा प्राणी हिंसा, व्याभिचार, नशालु तथा मदिराजन्य वस्तु उपभोगमा प्रतिबन्ध लागेको छ। लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा लुम्बिनीमा भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पञ्चशील क्षेत्र घोषणा गरेका हुन्। उनले अब लुम्बिनी शान्त, सुन्दर र पञ्चशीलमा कटिबद्ध छ भन्ने सन्देश विश्वभर फैलिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.