|

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकाका भूमिहीनहरूले जग्गा माग्दै बुधबार प्रदेश ३ को राजधानी हेटौँडामा र्‍याली निकालेका छन्।

मनहरीमा रहेका भूमिहीन सीमान्तकृत समुदायले आफूहरूलाई बसोबासको लागि जग्गा उपलब्ध गराउन पहल गरिदिन प्रदेश ३ सरकारलाई दबाब दिने उद्देश्यले हेटौँडामा विरोध र्‍याली निकालेका हुन्। दबाब र्‍यालीपश्चात् प्रदेश ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन तथा वन वातावरण मन्त्रालयमा उनीहरूले ज्ञापनपत्र बुझाउँदै खाली रहेको सरकारी जमिनमा आफूहरूले जग्गा पाउनुपर्ने माग गरेका हुन्।

सीमान्तकृत तथा पिछडावर्ग बस्ती विकास समाजले हेटौँडामा र्‍यालीसहित वन मन्त्री अरुण नेपाल र भूमि व्यवस्था मन्त्री दावा दोर्जे लामालाई ज्ञापनपत्र बुझाएको हो। २०५०, ५९ र ६१ सालको बाढी पहिरोबाट पीडित मनहरी र आसपासमा हाल करिब एक हजार घरधुरी रहेको छ। उनीहरूले सुरक्षित बासस्थानको लागि जग्गाको लालपूर्जा उपलब्ध गराइदिन माग गरेका हुन्।

बसोबासका लागि उचित जग्गा आफूहरूले हेरिसकेको समाजका अध्यक्ष हस्तबहादुर प्रजाले जानकारी दिए। करिब ५ हजार जनसंख्यालाई बसोबास गराउनको लागि मनहरी गाउँपालिकाको सुनाचुरी, रमनटार, हेटौँडा उपमहानगरपालिकाभित्र पर्ने गौरीजंगलको सकिँदो छेउ, १० नम्बर वडाको न्युरेनीमा रहेको खाली जग्गा र चितवनको इच्छाकामना गाउँपालिका–७ भालुमारामा आफूहरूले खाली जग्गा पहिचान गरेको अध्यक्ष प्रजाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.